लमजुङमा दुई महिनामै १० जनामा डेंगु संक्रमण

लमजुङ । लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेंगु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । डेंगुबाट बेंसीसहर नगरपालिकाका ४ जना, राइनास र सुन्दरबजार नगरपालिकाका २र२ जना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १र१ जनामा डेंगु संक्रमण देखिएको छ । यसमा ७ महिना, १ वर्ष र ५ वर्षकादेखि ६० वर्षसम्मका छन् । ५ पुरुष र ५ महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उनले बताए ।
जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेंगु देखिएको हो ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया