सान्जेन जलविद्युतको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा १३ करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा मंगलबार भदौ २८ गते बिहानसम्म ७ हजार ४४३ जना आवेदकले १३ लाख १८ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, अझै २३ लाख ३१ हजार १५० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ ।
सान्जेनले ५ भदौदेखि एक सयअंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, सामान्य प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।
यस्तै, सह–निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ
















एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया