रानीको जस्तो पहिरन लगाएको अभियोगमा २ वर्ष जेल सजाय

बैंकक । थाइल्यान्डमा एक कार्यकर्तालाई अदालतले थाई रानीको जस्तो पहिरन लगाएर राजतन्त्रको अपमान गरेको ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२० मा बैंककमा भएको राजनीतिक प्रदर्शनमा २५ वर्षीया जाटुपोर्न ‘न्यु’साओउङले गुलाबी रंगको पोसाक लगाएकी थिइन्।
उनले आफूमाथि लगाइएको शाही अपमानको आरोप अस्वीकार गरेकी छिन् । आफूले भर्खरै परम्परागत पोसाक लगाएको उनले बताएकी छिन् ।
थाइल्यान्डमा कुख्यात कानुन छ, जसले प्रभावकारी रूपमा राजा र अन्य शाही परिवारको आलोचना गर्न प्रतिबन्ध लगाएको छ । सन् २०१९ मा राजा महा वजिरालोङकर्न सिंहासनमा आरोहण गरेपछि राजतन्त्रको सुधारको माग गर्दै भएका विरोध आन्दोलनलाई खारेज गर्न अधिकारीहरूले लेसे मजेस्टे कानुन प्रयोग गरेको बताएका छन्।
सन् २०२० को नोभेम्बरदेखि कम्तीमा २१० जना प्रदर्शनकारीलाई लेसे मजेस्टअन्तर्गत विभिन्न अपराधको आरोप लगाइएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया