शनिबार, मंसिर १३, २०८२

साफमा बंगलादेशसँग भारत ३-० ले पराजित

मेरोन्यूज २०७९ भदौ २८ गते २०:०९

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ । बंगलादेशसामू भारत ३-० ले पराजित भएको हो ।

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् ।

साविक विजेताविरुद्ध १२औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३ औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन । 

समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोडेको छ । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ ।

प्रतिक्रिया