आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

अर्मेनिया । आर्मेनिया र अजरबैजानबीच भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् । त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ ।
छिमेकी दुई राष्ट्रहरूले दुईवटा युद्ध लडेका छन् र तीन दशकमा नियमित रूपमा साना झडपहरू देखेका छन् । मंगलबार रसियाले पछिल्लो अशान्तिका लागि युद्धविरामको मध्यस्थता गरेको बताएको छ ।
नागोर्नो–काराबाख क्षेत्र दुई देशको विवादको केन्द्रबिन्दु हो । यो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना अनुसार अजरबैजानको एक भाग हो ।
आर्मेनिया बहुसंख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ को अन्त्यमा सोभियत संघको विघटनअघि दुवै देश सोभियत संघको हिस्सा थिए।एजेन्सी















राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी
राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया