‘नाडा ईभी एक्सपो २०२२’को टिकटिङ्ग पार्टनर ‘खल्ती’ले २५ प्रतिशत क्यास्ब्याक दिने

काठमाडौँ । ‘खल्ती’ले यसपालीको ‘नाडा ईभी एक्सपो २०२२’सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारीपश्चात खल्ती प्रयोगकर्ताले नाडा ईभी एक्सपो २०२२को टिकट खल्तीमार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्ने छन् ।
असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पोमा विद्यार्थी वर्गले १५० रुपैयाँ र अरुले २०० रुपैयाँ भुक्तानी गर्नु पर्ने टिकट शुल्कमा खल्तीमार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्ने छन् ।
विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको यस एक्स्पोमा विभिन्न कम्पनीहरूले आफ्नो प्रोडक्ट प्रदर्शन गरी आफ्नो सेवा र स्किमहरुको बारेमा पनि जानकारी गराउने छन् ।
यस एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन बित्तिय सेवा, बिक्रि पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहने छन् ।
थुप्रै स्टलहरूमध्ये खल्तीको पनि एक स्टल रहेको छ । जहाँ सहभागीहरूले खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्ने छन् । खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्ने छन् ।
यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी नाडा ईभी एक्सपो २०२२ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गरेर आफ्ना ग्राहकहरुलाई टिकटिङ्गको सुविधा प्रदान गर्न पाउँदा निकै खुशी छौं, हाम्रो टिकट सुविधाले प्रदर्शनी स्थलमा भिंडभांड कम गरि आगन्तुकहरूको भ्रमणलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सहज बनाउने कुरामा हामी विश्वस्त छौं, साथै डिजिटल टिकटिङ्गलाई प्रोत्साहन गर्नका लागि २५ प्रतिशत क्यास्ब्याक पनि प्रदान गरेका छौँ ।’
खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ । करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन् ।















चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया