शुक्रबार, वैशाख १८, २०८३

फ्रान्सले जर्मनीमा ग्यास निर्यात बढाउने तयारी

मेरोन्यूज २०७९ भदौ २९ गते २०:१७

काठमाडौँ । फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी (जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ ।

Advertisement
NiccNicc

फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो । ‘युक्रेनमा भएको युद्धको प्रभावले पूर्वबाट आएको ऐतिहासिक ग्यास प्रवाहउल्टो भएको छ,’ जीआरटीग्याजले एक विज्ञप्तिमा भनेको छ ।

कम्पनीले फ्रान्सबाट जर्मनीमा निर्यातका लागि नयाँ क्षमता विकास गर्न आफ्नो सञ्जाल व्यवस्थित गर्ने काम गरिरहेको छ । यसले अक्टोबरको मध्यबाट सेवा उपलब्ध गराउने छ ।

जीआरटीग्याजका अनुसार लिक्विफाइड नेचुरल ग्याँस ९एलएनजी० आयात गर्ने फ्रान्सका टर्मिनलहरू ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्, जसले देशको सञ्चितिलाई ९४ प्रतिशतमा भर्न मद्दत गरेको छ जुन युरोपेली औसतभन्दा करिब १० अङ्क बढी हो ।

‘सामान्य जाडोमा ग्याँसको कुनै कमी हुने छैन,’ कम्पनीले भनेको छ । विशेष गरी उच्च खपतको दिनहरूमा, युद्धका कारण ग्यासको आपूर्ति केही कमी भए पनि यसको भरपूर व्यवस्थापन गर्ने काम भइरहेको छ । ‘अत्यधिक चिसो’ हुँदा जीआरटीग्याजले ग्यास आपूर्तिमा लगभग पाँच प्रतिशतको कमी हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले अभावका समय हरेक घर परिवारलाई एक डिग्री सेल्सियस तापक्रम घटाउने सल्लाह पालन गर्न प्रोत्साहित गरेको छ ।जीआरटीग्याजले भनेको छ, “अन्तिम उपायको रूपमा, प्रमुख उपभोक्ताहरूलाई लक्षित गरी लोडसेडिङले आवासीय ग्राहकहरूलाई चरम परिस्थितिमा जोगाउन सक्छ जुन धेरै सम्भावना छैन ।”

प्रधानमन्त्री एलिजाबेथ बोर्नले युक्रेनमा रूसको आक्रमणबाट उत्पन्न व्यवधानका कारण यस हिउँदमा बढ्दो ऊर्जा लागतको सामना गर्न देशलाई सहयोग गर्ने सरकारको योजना प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला यो भनाइ आएको हो ।

प्रतिक्रिया