पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिने भएको छ । दशैँको मुखमा व्यवसायीले विभिन्न माग राख्दै आन्दोलन थालेकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएको हो ।
सहमतिअनुसार आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुरु हुने भएको छ । सहमति पत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारे असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।
यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिको उपस्थितिमा आवश्यक छलफल गर्ने निर्णय भएको छ ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया