कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन सुरु

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” ल्याइएको कोका–कोलाले जनाएको छ ।
कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ । र हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ । आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने गर्छ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “यो वर्षको “सम्बन्ध उत्सव स्वादसँग” लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ । जुन भनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो। दसैंँ विशेष कोक बोतलको साथ हामी हाम्रा सम्पूर्ण नेपाली उपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ ।”
दसैंँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी–बुकको मद्धतबाट दसैंँको तयारी गर्न थाल्छिन् । विज्ञापनमा दसैंँको मुख्य भागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ । यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन् ।
त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डेज्युले भन्नुभयो “नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि छ । हामी हरेक वर्षको दसैंँमा हाम्रा उपभोक्ताहरुको लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ । हाम्रो यो वर्षको दसैंँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने छ भन्ने हामीले आशा लिएका छौँ ।”
दसैंँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोला बोतलको लेबलमा भएको त्तच् कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।
यसको साथै उपभोक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन् । यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन् ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया