बुधबार, माघ ७, २०८२

बजाज सर्भिस सेन्टर गुसिङ्गालको दशैँ अफर : इन्जिन आयलमा २५% छुट

मेरोन्यूज २०७९ भदौ ३० गते १८:४७

काठमाडौं । कुपन्डोलस्थित बजाजको अत्याधुनीक गुसिङ्गाल सर्भिस सेन्टरले दशै अफर सार्वजनिक गरेको छ । असोज ३ गतेबाट लागु हुनेगरी असोज ७ गते सम्मका लागि विशेष छुट सहितको दशैँ अफर सार्वजनिक गरेको हो ।

चाडपर्वमा ग्राहकलाई तनावमुक्त बनाउन श्रम शुल्कमा ५०% छुट, इन्जिन आयलमा २५% छुट उपलब्ध गराउने सर्भिस सेन्टरका म्यानेजर उज्वल खड्काले जानकारी दिए । त्यसका साथै सबै स्पेयर पार्ट्समा १०% छुट र युरोपग्रिप टायरस्मा १०% छुट दिने बताईएको छ ।

म्यानेजर खड्काले सर्भिस सेन्टरमा दक्ष प्राविधिकबाट आफ्नो बाइक सर्भिस गराउन र चाडपर्वको सिजनलाई चिन्तारहित बनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया