सोमबार, चैत २, २०८२

युवाहरुलाई राष्ट्र निर्माणमा एकजुट हुन सद्गुरुको आग्रह

मेरोन्यूज २०७९ भदौ ३० गते १९:५८

काठमाडौँ । योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रममा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताएका हुन्। राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भने, “कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।”

उनले विशेषगरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न साथै आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गरे ।

राजनीति विभेदको खेल नभएर राष्ट्रको हितका लागि नीति बनाउने माध्यम भएकोले सबै एकजुट भएर अगाडि आउनुपर्ने बताउँदै सद्गुरुले भने, “लोकतन्त्रको सौन्दर्य भनेको नागरिकसँग आफ्नो नेतृत्वकर्ता छनौट गर्ने अधिकार हुन्छ, जसकारण समझदारीपूर्वक सचेत व्यक्तिहरूलाई नेतृत्व तहमा पुर्याउन यो शक्ति प्रयोग गर्नुपर्छ ।”

माटो जोगाउन नेपाल जस्तो मुलुकले के गर्न सक्छ भन्ने एकजना सहभागीको जिज्ञासामा सद्गुरुले माटो जोगाउन “निती परिवर्तन” लाई जोड दिँदै विशेषगरी तीनवटा कुराहरु समेट्नुपर्ने बताए । पहिलो, किसानलाई राहत दिनुपर्ने दोस्रो, कार्बन क्रेडिटको प्रकृयालाई सरल बनाउने, तेस्रो, न्युनतम जैविक पदार्थ (३-६%) सुनिश्चित खाद्यान्नलाई बजारमा मान्यता प्रदान गर्ने । किसानको आर्थिक अ‍वस्थालाई सम्बोधन गरेर मात्रै माटो जोगाउन सम्भव हुने कुरामा सद्गुरुले जोड दिए ।

विश्वभरी माटो मरुभूमि बनिरहेको सङ्कटलाई सम्बोधन गर्न सद्गुरुले गत मार्चमा विश्व्यापी माटो जोगाऔं अभियान सुरु गरेका थिए । हालसम्म ३.९ अर्ब मानिसहरुले सो अभियानप्रति समर्थन जनाएका छन्, जसमा नेपालसहित ८१ राष्ट्रहरु औपचारिक रुपमा जोडिएका छन् ।

प्रतिक्रिया