लमजुङमा दसैं लक्षित बजार अनुगमन
लमजुङ । लमजुङमा दसैं लक्षित बजार अनुगमन भएको छ । लमजुङ सदरमुकाम वेसीशहरमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङको अगुवाइमा बजार अनुगमन गरेको हो ।
बेसीशहर ७ स्थित मनाङेचौतारादेखि पुरानो बैंक चोक सम्म रहेको किराना तथा तरकारी पसल, सप्लार्यस कोल्ड स्टोर्स, सुपर मार्ट, इलोक्ट्रोनिक्स गरी १६ वटा पसलहरूमा अनुगमन गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन ।
अनुगमनका क्रममा केही किराना पसलहरूमा खाद्य वस्तुहरूमा स्टिकर नराखेको, मूल्यसूचि नराखिएको, किराना पसलमा मदिरा तथा सूर्तिजन्य पदार्थ इजाजत पत्र नलिई बेचबिखन गरेको पाइएको छ ।
अनुगमन टोलीले दर्ता नगरी बिक्रीका राखी राखिएका सुर्ती, चुरोट र मदिरा जफत गरेको छ भने म्याद गुज्रेका सामान समेत जफत गरेको छ । अनुगमन क्रममा व्यापारीहरूलाई मूल्यसूचि अनिवार्य राख्न, समयमै पसल नवीकरण गर्न, फलफूल तरकारी बिक्री गर्ने पसलहरूलाई कारोबार थप गर्न निर्देशन दिइएको घरेलु कार्यालयका प्रमुख थापाले बताइन ।
नियम विपरीत सञ्चालन भएको दुई वटा पसललाई जिल्ला प्रशासन कार्यालयले एक/एक हजार जरिवाना समेत लगाएको छ ।















नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया