कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ९इकाई० ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।
सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया