एन आई सी एशिया बैंकद्वारा घातक रोग बीमा गरेका ग्राहकलाई २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका २ जना ग्राहक महानुभावहरुलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ ।
यस बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यूले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जना भन्दा बढीे घातक रोग बीमा वापत रू. २ करोड ६० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३१ लाख गरी कुल रू. ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरेका छन् ।















वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया