पेप्सीले नेपालमा सुरु गर्याे ‘मोर फिज’

काठमाडौं । स्वागलाई उचाइमा पु¥याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन ‘मोर फिज’ युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्नेछ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरूलाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा कम्पनी विश्वस्त छ ।
यो नयाँ ‘मोर फिज’ पेप्सीको अनावरण काठमाडौँमा आज अपराह्नमा आयोजित एक स्वागमय कार्यक्रमका बिच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो । नेपालमा आउँदा दिनहरूमा गरिने ‘मोर फिज’ ‘मोर स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पेप्सीको, नेपालका एसोसिएट डाइरेक्टर श्री अनुज गोयलले भन्नु भयो “पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताहरूको लागि यसभन्दा अघि कहिल्यै नभएको‘मोर फिज’युक्त स्वाद प्रदान गरिरहेको छ । बजार अध्ययनले देखाए अनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ, र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ । हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई नेपाल का साथ अनावरण गरेका छौँ र हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ ।”
नयाँ पेप्सीको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पेप्सी ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भन्नु भयो “नयाँ पेप्सीलाई ‘मोर फिज’ का साथ नेपालभरका दर्शकहरूमाझ उपलब्ध गराउन पाउनुले वास्तवमै आनन्दित तुल्याएको छ । यसको नयाँ स्वरूपमा पेप्सीले आफ्ना उपभोक्ताहरू समक्ष अझ बढी फिज का साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्ताहरूलाई एक चुस्की लिन तथा उनीहरूको स्वाग लाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको छ । म यो सुरुवातको एक हिस्सा बन्न पाएकोमा उत्साहित छु र म सबैलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको स्वाग प्रदर्शन गर्न आग्रह गर्दछु ।
कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका ‘सिइओ’ श्री गिरीश शिवरमणले मन्तव्यको क्रममा भन्नु भयो “पेप्सी देशको चर्चित ब्रान्डहरू मध्येको एक ब्रान्ड हो र हामीले हाम्रो उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएका छौँ । ‘मोर फिज’ पेप्सीको सुरुवातसङ्गै हाम्रा उपभोक्ताहरूलाई बढी फिँजदार एवं स्फूर्तिदायक उत्पादन प्रदान गर्ने हाम्रो एक अर्को प्रयास सार्थक भएको महसुस हामीले गरेका छौँ । म विश्वस्त छु कि नेपाली उपभोक्ताहरूले नयाँ उत्पादनको मज्जा लिनु हुनेछ, साथसाथै विभिन्न टचपोइन्टहरु मार्फत् धेरै स्वाग प्रस्तुत गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”
नयाँ ‘मोर फिज’ पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराईएको छ साथ साथै इ–कमर्स साइटहरुमा पनि पाइन्छ ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया