लमजुङमा दुई बर्ष पछि नयाँ भाडादर निर्धारण

लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो ।
जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील बैद्यको भनाइ छ ।
यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो । गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो । नयाँ भाडा दर आगामी असोज १ अर्थात शनिबार देखि कार्यन्वन गर्न समितिको बैठकले सम्वन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।
बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौली लगायत अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो ।
सदरमुकाम बेसीशहर देखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैया देखि जिल्ला भित्रका लागी सातसय ६० रुपैया सम्म कायम भएको छ ।
जिल्ला भित्र सवैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोक सम्म सातसय ६० रुपैया कायम भएको छ । जिल्ला बाहिर मनाङ सदरमुकाम चामे सम्म एकहजार पाँचसय र सुनौली सम्मका लागि नौसय, विरगंजका लागि आठसय ५० कायम भएको छ ।
त्यसैगरी काठमाण्डौका लागि माईक्रोमा सातसय १०, ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ ।
पोखराको लागि पाँचसय रुपैया, नारायणगढका लागि माईक्रोमा चारसय ७५, ठूलो बसमा चारसय रुपैया कायम भएको छ । जिल्लाकै पुरानो सदरमुकाम कुन्छा देखि काठमाण्डौ सम्मको माईक्रो भाडा भने आठसय रुपैया कायम भएको छ ।















नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया