नेपाल बैंकले बनायो, डबल धमाका मुद्दती खाताहरु थप आकर्षक

काठमाडौैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकको रुची र आबश्यकता अनुशारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसै अनुरुप बैंकले हालै मात्र संंचालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।
अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम रु पच्चीस हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ । सरकारी बैंक भएको र जनबिश्वास उच्च भएकोकारणले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ ।
संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा संजाल भएको कारणले पनि बिदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमीट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ ।
यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया