स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड8 (SCT) ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर (SmartQR) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भीस (Gateway Payment Service) ले सञ्चालन थालनीको तैयारी गरेको यु.पी.आइ. नेपाल क्यूआर (UPI Nepal QR) बिच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै SCT UPI कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडिया (NPCI) मा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत नेपाल र इंडिया बीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारी मा रहेको गेटवे पेमेन्ट सर्भीस बिच भएको एस एतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आश लिएको छ ।
नेपाल राष्ट्र बैंकद्घारा मिति मिति २०७८।१०।२१ मा जारी गरेको परिपत्र #04/078/79 मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (PSO) तथा भुक्तानी सेवा प्रदायक (PSP) लाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौता पश्यात यु।पी।आइ। नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक (PSP) वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले यु.पी.आइ. नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।
मिति २०७९ भाद्र २ गते स्मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीस (Gateway Payment Service) को तर्फबाट महाप्रबन्धक श्री प्रवीण रेग्मी बिच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान सम्पन्न भएको थियो ।
















काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया