लमजुङका दुई कैदीबन्दीको कैद मिनाह
मेरोन्यूज
२०७९ असोज ३ गते २०:११
लमजुङ । संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो ।
जिल्ला कारागार लमजुङबाट दुई जना
कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए । उनका अनुसार सवारी ज्यान मुद्दा परेका सुन्दरबजार ७ का पवन घर्ती मगर र बेसीशहर १ का रूपेश विकको कैद मिनाह भएको हो ।
सुन्दरबजारका पवन घर्ती २०७८ फागुन ३ गतेका दिन सवारी ज्यान मुद्दामा एक वर्ष दुई महिना २७ दिनका लागि कारगार चालन भएको थियो भने बेसीशहर १ का रुपेश विक २०७८ पुस ७ गते सवारी मुद्धामा एक बर्ष १० महिना १६ दिनका लागि कारगार चलान भएका थिए ।
सम्बन्धित

















आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया