लमजुङका दुई कैदीबन्दीको कैद मिनाह
मेरोन्यूज
२०७९ असोज ३ गते २०:११
लमजुङ । संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो ।
जिल्ला कारागार लमजुङबाट दुई जना
कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए । उनका अनुसार सवारी ज्यान मुद्दा परेका सुन्दरबजार ७ का पवन घर्ती मगर र बेसीशहर १ का रूपेश विकको कैद मिनाह भएको हो ।
सुन्दरबजारका पवन घर्ती २०७८ फागुन ३ गतेका दिन सवारी ज्यान मुद्दामा एक वर्ष दुई महिना २७ दिनका लागि कारगार चालन भएको थियो भने बेसीशहर १ का रुपेश विक २०७८ पुस ७ गते सवारी मुद्धामा एक बर्ष १० महिना १६ दिनका लागि कारगार चलान भएका थिए ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया