सोमबार, फागुन ११, २०८२

जबराले गल्ती गरे : प्रेम सुवाल

मेरोन्यूज २०७९ असोज ३ गते २०:३५

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबराको समूहले संसद् पुनर्स्थापना गरेर गल्ती गरेको धारणा राखेका छन् । संसद् विघटन गरी नयाँ जनादेशका लागि चुनावमा जानसक्ने अधिकारविरुद्ध संसदलाई पुनर्स्थापना गरेर गल्ती गरेको पार्टीको धारणा रहेको सचिव सुवालले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा भएको प्रवचन कार्यक्रममा सचिव सुवालले न्यायालयले शक्तिपृथकीकरण सिद्धान्तको विपरीत हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाए । न्याय माफियाको कब्जामा रहेको आरोप लगाउँदै सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय पुगेको भनाई राखे । जसरी भूमाफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ, उनले भने । न्यायालय पनि सेटिङगमा चल्ने गरेको आरोप उनको थियो ।

उनले संसद् विघटन प्रधानमन्त्रीको भरेको बन्दुक सरह हुने भन्दै जबराले गरेको संसद् पुनर्स्थापना ताजा जनादेश लिने चुनावको विपक्षमा रहेको बताए । ‘चुनावमा जानलाई रोक्नु राम्रो परमादेश होइन’, उनले भने ।

संविधान दिवसको नाममा जेलमा रहेका अपराधीहरूलाई अपराध माफी गरी जेलमुक्त गर्नु ठिक नभएको उनको भनाई थियो । बरु जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्ड सजायको बन्दोबस्त हुनुपर्ने पार्टीको धारणा रहेको उनले बताए । 

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेजहरूको आयोजनामा भएको कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेजका वीएवीएसडव्जू एवं एमए अङ्ग्रेजीका इन्चार्ज कमिनीका न्याइच्याईलगायतले ठूला दलहरूकै कारण न्यायालयमा यो गन्जागोलको अवस्था सृजना भएको बताए । 

यसअघि ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविकै कानुन संकायका शिक्षक अधिवक्ता राजु कैतीले संविधानका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया