एक साताको अवधिमा पाँच सांसदले त्यागे जसपा

काठमाडौं । संघिय चुनाव नजिकिएसँगै एक दलका नेता कार्यकता अर्को दलमा आउँने जानेक्रम जारी छ । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा र प्रदेश सभाका गरी पाँच निवर्तमान सांसदले पार्टी छोडेका छन्।
२०७४ मा जसपाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा सांसद भएका तीन र प्रदेश सभामा सांसद रहेका दुई जनाले एक साताको अवधिमा पार्टी छोडेका छन्।
जसपा त्याग्नेहरुमा केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृता अग्रहरि, केन्द्रीय सदस्यद्वय रेणुका गुरुङ र रुही नाज, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्यद्धय रिना यादव र अन्जु यादव रहेका छन् ।
नाज,यादवद्धव गएको भदौं २७ गते नेकपा एमाले प्रवेश गरेका थिए । भने आईतबार कपिलवस्तुकी अग्रहरिलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका थिए भने । यादवद्धय जसपा प्रदेश सभामा समानुपातिक सांसद थिए।
अग्रहरिले जसपाको अवसरवादी चरित्रका कारण आफूले पार्टी त्याग गरेको बताएकी थिईन्। आफू मधेसको मात्रै नभएर समग्र राष्ट्रको हितका लागि काम गर्न एमालेमा आएको उनको बताइन् । ‘राष्ट्र उन्नत भयो भने मधेस पनि उन्नत हुन्छ ।’ उनले भनिन् ‘केपी ओलीजीको राष्ट्रप्रतिको चिन्तन र सोचबाट प्रभावित भएर म एमाले प्रवेश गरेको हुँ। समग्र राष्ट्रकै आकर्षण ओलीजीप्रति छ ।’ अग्रहरिले २०४६ सालदेखि नेपाल सद्धभावना पार्टीबाट राजनीति सुरु गरेकी थिइन्।
त्यसैगरी, एमाले प्रवेश गरेकी नाजले संविधानले नै विचारको स्वतन्त्रता दिएकाले विगतको राजनीतिक विचार त्याग्दै एमालेमा गएको बताइन्। नाजले २०६३ सालदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेकी थिइन्।
शनिबार जसपा केन्द्रीय सदस्य रेणुका गुरुङ राप्रपा प्रवेश गरेकी छिन् । राप्रपा प्रवेश गरेकी गुरुङले वैचारिक मतभिन्नताका कारण पार्टी परित्याग गर्नुपरेको बताइन्।
‘ जसपाभित्र नागरिकता र भूगोलको विषयमा कुरा गर्दा मलाई राष्ट्रवाद चर्को कुरा गर्ने भनेर बोल्न पनि दिइँदैनथ्यो। राष्ट्रवादका सवालमा मैले सदनमा राखेका विचारका कारण संसदीय दलमा गाली खानुपर्थ्यो। विचार नमिलेका कारण मैले दल त्याग गरेँ,’ उनले भनिन्।
गुरुङले संघीय समाजवादी पार्टीबाट २०७४ मा राजनीति सुरु गरेकी थिइन्। जसपाका नेता रामसहाय प्रसाद यादवले पार्टीले अघिल्लो पटक सांसद बनेकालाई फेरि बन्न नपाउने भएपछि उनीहरुले दल त्याग गरेका बताए । ‘पार्टीबाट विगतमा अवसर लिएर अहिले फेरि सांसद नहुने स्थिति देखेपछि उनीहरुले दल छोडेका छन् ।’ उनलेभने, ‘उनीहरुले जसपा छोड्दा जसपालाई कुनै नोक्सान पुग्दैन्,हाम्रो पार्टीमा पनि अन्यत्रबाट केही नेता आउनुभएको छ । ’

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया