डा. केसी काठमाडाैं जान मानेनन्, सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा

धनगढीमा। अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडाैं जाने मानेका छैनन् । अनसनकाे ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडाैं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
‘उहाँको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्,’ जोशीले भने, ‘त्यसैले केसीले काठमाडाैं जानै पर्ने हुन्छ, उहाँको टोलीसँग कुरा भइरहेको छ ।’
केसीले नमानेमा बल प्रयोग गरेर भए पनि काठमाडाैं लग्न सकिने उनले संकेत गरे । ‘नागरिकको स्वास्थ्य रक्षा गर्नु राज्यको दायित्व हो,’ सूचना अधिकारी जोशीले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल बन्दै गएकाे छ, उहाँलाई काठमाडाैं लग्नुको विकल्प छैन ।’
डाक्टर केसीलाई काठमाडाैं लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको छ । तर, डाक्टर केसीले भने, ‘आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान राखेकाे डाक्टर केसीको उपचारमा सम्लग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए ।
‘रक्तचाप घटेर ४० मा पुगेको छ,’ कमरले भने, ‘सुगरको मात्रा धेरै कम छ, आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन, हामीले जतिसक्दो छिटो काठमाडाैं लैजान सुझाव दिएका छौं ।’
स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै ७ बुँदे माग राखेर २७ भदौमा धनगढीस्थित गीता सतसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गरेका थिए । २९ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले भने दिन ढल्कदै गरेका कारण केसीलाई भदौ लैजान समस्या हुने प्रतिक्रिया दिए ।















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया