दुई जनाकाे शव फेला

धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएकाे हाे ।
प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी–१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।बडेलाको टाउको र खुट्टामा चोट लागेका छ ।
यसैगरी, धनगढी–१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उनी कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा भएकाे प्रहरीकाे भनाइ छ ।
छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएकाे प्रहरी प्रवक्ता जोशीले बताए ।

















गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्भाव र्याली
फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी
दुई फर्मलाई विभागद्वारा जरिवाना
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
ट्रम्पको जमिनमा एक व्यक्तिको जबरजस्ती प्रवेश, सुरक्षाकर्मीले हाने गोली
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया