इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं । कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो ।
जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९।३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे ।
टी-२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना विकेट पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । न्युजिल्यान्डले सन् २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रनको सर्वाधिक लक्ष्य पूरा गरेको थियो ।
यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक अविजित ५५ रन बनाए । यस्तै, बेन डकेटले ४३ रन जोडे ।
पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले २ विकेट लिए ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया