फ्रान्स र क्रोयसियाको जित
मेरोन्यूज
२०७९ असोज ७ गते ९:००

काठमाडौं । युइएफए नेसन्स लिगमाअष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।
फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।
समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गर्यो । क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले समान एक एक गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।
जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा छ ।
सम्बन्धित
















बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया