डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाउनुभएको छ ।
उहाँका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डा केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गर्नुभएका डा केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।
















झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया