मंगलबार, फागुन १२, २०८२

ओलीका कारण जनकपुरबाट जयनगर गुड्ने रेल एक घण्टा ढिलो गुड्यो

मेरोन्यूज २०७९ असोज ८ गते १२:५१

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण एक घण्टा ढिलो रेल गुडेको छ । शनिबार ओलीले महिनाथपुर स्टेशनसम्म जाने रेलको टिकट लिएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो । एमाले अध्यक्ष ओली काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएको बताइएको थियो ।

५६ जनाले एसी र ८६ जनाले जेनरलमा टिकेट काटेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले रेल गुड्न ढिलो भएको स्वीकार गरे ।

प्रतिक्रिया