शुक्रबार, पुष ११, २०८२

भारी वर्षाले नाइजरमा १७९ जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज ८ गते १४:१७

काठमाडौँ । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाले १७९ जनाको मृत्यु भएको छ ।

नागरिक सुरक्षा महानिर्देशनालयका अनुसार माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया