विवादमा तानियो छेलो शो

मुम्बई । भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ विवादमा तानिएको छ । पैन नलिनको निर्देशकीय गुजराती फिल्मलाई फेडरेसन अफ वेस्टर्न इण्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले यो फिल्मलाई यो फिल्म एकमात्र नभई धेरै विदेशी फिल्मको नक्कल भएको आरोप लगाएको छ । तर ओस्कारका लागि सिफारिस गर्ने फिल्म फेडरेशन अफ इण्डिया (एफएफआई) ले भने छनोट प्रक्रियामा विवाद नरहेको दाबी गरेको छ ।
ओस्कारमा सिफारिस गरिएका फिल्महरु कुनै पनि फिल्मबाट प्रभावित नभएको हुनुपर्नेछ । यहीकारण यसअघि फिल्म ‘गली ब्वाइ’ पनि अन्य फिल्मबाट प्रभावित भएको भन्दै ओस्कारमा नपठाउने निर्णय भएका थियो । एफडब्लूआईसीईले यो बारेमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेर फिल्मको चयन प्रक्रियामा भएको अनियमितताविरुद्ध ध्यानाकर्षण गराएको छ ।
उनीहरुले पत्रमा ‘छेलो शो’ विदेशी कम्पनीले बनाएको मात्र नभई यो फिल्मको प्रदर्शन गत वर्ष नै भइसकेको दाबी गरेका छन् । विकिपिडियामा पनि फिल्म ट्रिबेका फिल्म फेस्टिभलमा सन् २०२१ जुन २० मा प्रदर्शन भइसकेको जानकारी दिइएको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ । एजेन्सी
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया