विवादमा तानियो छेलो शो

मुम्बई । भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ विवादमा तानिएको छ । पैन नलिनको निर्देशकीय गुजराती फिल्मलाई फेडरेसन अफ वेस्टर्न इण्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले यो फिल्मलाई यो फिल्म एकमात्र नभई धेरै विदेशी फिल्मको नक्कल भएको आरोप लगाएको छ । तर ओस्कारका लागि सिफारिस गर्ने फिल्म फेडरेशन अफ इण्डिया (एफएफआई) ले भने छनोट प्रक्रियामा विवाद नरहेको दाबी गरेको छ ।
ओस्कारमा सिफारिस गरिएका फिल्महरु कुनै पनि फिल्मबाट प्रभावित नभएको हुनुपर्नेछ । यहीकारण यसअघि फिल्म ‘गली ब्वाइ’ पनि अन्य फिल्मबाट प्रभावित भएको भन्दै ओस्कारमा नपठाउने निर्णय भएका थियो । एफडब्लूआईसीईले यो बारेमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेर फिल्मको चयन प्रक्रियामा भएको अनियमितताविरुद्ध ध्यानाकर्षण गराएको छ ।
उनीहरुले पत्रमा ‘छेलो शो’ विदेशी कम्पनीले बनाएको मात्र नभई यो फिल्मको प्रदर्शन गत वर्ष नै भइसकेको दाबी गरेका छन् । विकिपिडियामा पनि फिल्म ट्रिबेका फिल्म फेस्टिभलमा सन् २०२१ जुन २० मा प्रदर्शन भइसकेको जानकारी दिइएको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ । एजेन्सी










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया