आपूर्ति असफल भएपछि पुटिनले गरे जनरल बर्खास्त
मेरोन्यूज
२०७९ असोज ९ गते १०:१९

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् । उपरक्षा मन्त्री जनरल दिमित्री बुल्गाकोभलाई शनिबार उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ ।
जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए ।
मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए । एजेन्सी
सम्बन्धित











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया