राष्ट्रियसभा अध्यक्षले संसद महासचिवलाई दिए सभामुखको पद रिक्तको आशयको पत्र

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई पठाएका छन् । आइतबार अध्यक्ष तिमिल्सिनाले महासचिव भरतराज गौतमलाई उक्त पत्र दिएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले सभामुख र उपसभामुखको कार्यकालबारे प्रष्ट पार्न निर्वाचन आयोगलाई पत्र पठाएका थिए । आगामी मंसिर ४ गते हुने चुनावका लागि समानुपातिकतर्फको मनोनयन दर्तासँगै सभामुख र उपसभामुखको सांसद पदसमेत रिक्त भएको अध्यक्षले बताएका छन् ।
उनले महासचिवलाई पठाएको पत्रमा ‘२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्ममात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधारमा मानी प्रतिनिधिसभाका सदस्य तथा पदाधिकारीको कार्यविधि नेपालको संविधान प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चय हुने व्यहोरा प्राप्त भएको ।’


















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
प्रतिक्रिया