एकीकृत सुरक्षा योजनाबारे आयोगबाट जानकारी
मेरोन्यूज
२०७९ असोज ९ गते २०:३६
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाबारे सुरक्षा निकायका प्रमुखबाट आज जानकारी लिएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तले एकीकृत राष्ट्रिय सुरक्षा योजनाबारे जानकारी लिएका थिए ।
बहादुर भवनस्थित आयोगको कार्यालयमा भएको सो बैठकमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले आफ्नो सङ्गठनले तयार गरेको निर्वाचन सुरक्षा कार्ययोजनाबारे आयोगलाई जानकारी गराएका थिए ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया