गाइवस्तु तस्करले थापेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु

नैरोबी । उत्तरी केन्यामा गाइवस्तु तस्करले राखेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार तुर्काना काउन्टीमा भएको उक्त हिंसामा मारिएकामध्ये आठ अधिकारी, दुई नागरिक र एक स्थानीय प्रमुख रहेका छन् । राष्ट्रिय प्रहरी सेवाका सदस्यहरूले यसअघि गाउँमा छापा मारेर गाईवस्तु चोरेका डाकुहरूलाई पछ्याइरहेका थिए । यस क्षेत्रमा गाईवस्तु र पानीलाई लिएर हुन झडप सामान्य हुन् ।
गाइवस्तुको तस्करको मुख्य हव बनेको यस क्षेत्रले जलवायु परिवर्तनको असर पनि झेलेको छ । पूर्वी अफ्रिकाले चार दशकमा सामना गरेको खराब खडेरीबाट यो क्षेत्र पनि प्रभावित भएको छ । पानी र वर्षाको अभावमा ठूलो संख्यामा गाईवस्तु मरेका र बाली उत्पादन हुन सकेको छैन् ।
मानिसहरू खाना र पानीको लागि हताश छन् । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले पूर्वी अफ्रिकामा २ करोड मानिसहरू गम्भीर भोकमरीको जोखिममा रहेको जनाएको छ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
प्रतिक्रिया