मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।
आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२-०१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे-६-प-३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ धुलयाबिट नजिक दुर्घटना भएको हो ।
थारु भेरीगङ्गाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेका थिए । थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।
यस्तै, भे-६-प-३८९० नं को मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन् । उनको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया