दसैँको माहोलमा ‘घर जाँदै छु’ सार्वजनिक

काठमाडौं । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् ।
अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो गाउँ फर्किंदासम्मको कथालाई युवा निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा तयार पारेका छन् । आफ्ना संघर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थितिलाई घर जाँदै छुमा कलात्मक शैलीमा देखाइएको छ ।
गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थितीमा मोडल मिन भण्डारीले कमालको अभिनय गरेका छन् । अमेरिकामा अभिनयको अध्ययन गरिरहेका मिनका अलावा, साहारा कोइराला , बिनोद कुमार पौडेलको पनि भिडियोमा अभिनय देख्न सकिन्छ ।
जसको परिकल्पना पनि आचार्य गोपालले नै गरेका हुन् भने भिडियोमा हिमाल शर्माको छायांकन, चानस पुन मगरको सम्पादन रहेको छ । चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गरेका हुन् । भिडियो दृश्य सिनेमाको निर्माणमा जुजु कृयसन र फ्लिकर आर्टसको सहकार्यमा तयार भएको हो ।
















इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया