सोमालियामा अल–शबाबका वरिष्ठ नेता मारिए
कारबम विष्फोटमा नौ जनाको मृत्यु

मोगादिशु । सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल–शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ ।
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाब आतङ्ककारी समूहका सह–संस्थापक अब्दुल्लाही नादिरबारे जानकारी दिने व्यक्ति वा संस्थालाई ३० लाख अमेरिकी डलर को इनाम रहेको थियो । सरकारी अधिकारीका अनुसार उनी शनिबारको कारबाहीमा मध्य जुब्बा क्षेत्रको हरामका गाउँमा मारिएका छन् ।
नादिरअल–शबाबमा विभिन्न पदहरूमा थिए जसले सोमाली सरकारलाई लगभग दैनिक आतङ्कवादी हमलाहरूमा संलग्न गरेको छ । उनी सन् २०१४ मा मारिएका पूर्व रिङलिडर अहमद अब्दी गोदाने र अल–शबाबका वर्तमान नेता अहमद दिरियेसँग निकट थिए ।
सरकारले नादिर अल–शबाबका वर्तमान नेता दिरियेको उत्तराधिकारी बन्न सक्ने अवस्थामा रहेको बताएको छ ।
कारबम विष्फोटमा नौ जनाको मृत्यु
यसैबीच, अल–सबाब समूहले गराएको कार बम विष्फोटमा सरकार पक्षका क्षेत्रिय वरिष्ठ अधिकारीसहित नौ जनाको मृत्यु भएको छ ।
मध्य सोमालियाको बेलेदवेनमा इस्लामिक समूह अल–शबाबले सोमबार गरेको दुईवटा कार बम आक्रमणमा परी वरिष्ठ क्षेत्रीय अधिकारीसहित नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे पुष्टि गर्दै स्थानीय प्रहरी कमाण्डर मोहम्मद मोआलिम अलीले भन्नुभयो, “हामीले प्राप्त गरेको प्रारम्भिक सूचनाले राज्यका मन्त्री र आयुक्तसहित नौ जनाको मृत्यु पुष्टि भएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया