बिहीबारदेखि कालोसूचीबारे यूरोपेली यूनियनको अडिट

काठमाडौं । यूरोपेली यूनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा) ले आगामी बिहीबारदेखि नेपालको सेफ्टी अडिट थाल्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार प्राधिकरणको संगठन संरचना सुधारमा काम भइरहँदा यस पटकको अडिटमा नेपाल उत्तिर्ण हुने र नेपाल ईयूको कालोसूचीबाट हट्ने अपेक्षा राखिएको छ ।
नेपाल सन् २०१३ देखि यूरोपेली युनियनको सुरक्षा चासोको सूचीमा छ, जसले गर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले यूरोपको आकासमा उडान गर्न पाउँदैनन् । पछिल्लो समय ईयू मातहतकै मुलुकका वायुसेवा समेत नेपाल आउन चाहिरहेको समयमा यस पटकको अडिटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यूरोपेली यूनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको सन्दर्भमा उठाएका हवाई सुरक्षासँग सम्बन्धित धेरै चासोमध्ये नियमनकारी निकाय र सेवा प्रदायक निकाय एउटै हुनु हुँदैन भन्ने हो । यसलाई सम्बोधन गर्न सरकारले दुई विधेयक संसदमा दर्ता गराएको छ, तर पास भएको छैन । दुई विधेयक कार्यान्वयनमा नआएपनि कालोसूचीबाट हट्नेमा प्राधिकरण विश्वस्त देखिएको छ ।
किनकी नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परीक्षणबाट विश्वको औसतः स्तरभन्दा माथिको अंक ल्याएको छ । लेजिस्टेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्दिनेश, एक्सिडेन्ट इन्भेष्टीगेशन, एयर नेभिगेसन सर्भिस, एरोड्रम एण्ड ग्राउण्ड सर्पोटसहितका क्षेत्रको अध्ययनमा नेपालले ७०।१ प्रतिशत अंक प्राप्त गरेको हो ।
यही क्षेत्रमै ईयूको समेत अडिट केन्द्रित हुनेछ । नेपालले अन्य क्षेत्रमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि दुर्घटना जाँचको क्षेत्रमा भने कमजोरी दोहो¥याइरहेको छ । अन्तर्राष्ट्रिय निकायले दुर्घटना जाँच आयोगमा स्वतन्त्र निकाय हुनुपर्ने सुझाव दिएका छन् । नेपालमा भने कुनै दुर्घटना भए मात्र आयोग गठन हुन्छ र नियमित झक्झकाउने स्वतन्त्र निकाय नहुँदा पर्यटन मन्त्रालय र प्राधिकरणलाई दिएका सुझाव समेत कार्यान्वयन हुँदैनन् ।
यसै वर्ष मुस्ताङमा ठूलो दुर्घटना भयो । तारा एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । तर प्राधिकरणका अधिकारीहरु भने दुर्घटनाको दर न्यूनीकरण भएको बताउँछन् । सन् २०१० पछि लगातार भएका दूर्घटनापछि सन् २०१३ मा इयूले नेपाली हवाई कम्पनी र उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको थियो । यसले नेपाली वायुसेवाको यूरोपको उडान रोकिएको थियो । कालोसूचीमा रहँदा नेपाल बीमा कम्पनीहरुको चर्को मूल्यको सूचीमा पर्न जान्छ र यूरोपका पर्यटकका लागि नेपाल महंगो गन्तब्यमा पर्न जान्छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया