कैलालीमा भारी बर्षा, अधिकास स्थान जलमग्न

धनगढी । कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ ।
बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान धनगढी बजार क्षेत्र
जलमग्न बनेको छ । बर्षाका कारण दशैको टिका थाप्न हिडेका नागरिक समेत अलपत्र परेको छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्षाका कारण हाल सम्म कुनै क्षेतिको विवरण भने आएको छैन । ‘अहिले सम्म बर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सवै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’
जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेस गरेको छ । जस्का कारण बिहीबार देखि शनिबार सम्म नै अधिकांस क्षेत्रमा भारी बर्षाको सम्भावना रहेको छ ।
‘
बिहीबार राती देखि सुदूरपश्चिमका अधिकास स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिबार अधिकांस स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया