मंगलबार, माघ १३, २०८२

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज २२ गते ९:५८
फाइल फाेटाे

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन्, २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ ।

उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाकी छ ।

गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया