बिहीबार, पुष १०, २०८२

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन

मेरोन्यूज २०७९ असोज २४ गते १०:३७

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ ।
समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ । हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार क्रममा उनको निधन भएको बताइएको छ ।
उत्तर प्रदेशको ३ पटक मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया