पुटिन र युएईका राष्ट्रपतिबीच मस्कोमा भेटवार्ता हुने

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुने भएको छ ।
राष्ट्रपति अल नाह्यानले राष्ट्रपति पुटिनसँग युएई र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्नु हुने युएईको सरकारी समाचार संस्था डब्लुएएमले जनाएको छ ।
साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसलगायत उसका सहयोगीले तेलको मूल्य बढाउनका लागि तेल उत्पादन कटौती गर्ने निर्णय गरेको केही दिनपछि यो भ्रमण हुन लागेको हो ।
मस्कोसँग सकारात्मक सम्बन्ध राख्ने खाडी मुलुकहरू युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्न हिचकिचाइरहेका छन् । आक्रमणको केही हप्तापछि गत मार्चमा कतारका विदेशमन्त्री इरानको आणविक सम्झौता र युक्रेनमा जारी द्वन्द्वबारे छलफल गर्न रुसको राजधानी रुस गएका थिए ।
गत मे महिनामा आफ्ना भाइको निधनपछि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि शेख मोहम्मदको यो तेस्रो विदेश भ्रमण हुने छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया