निकारागुवामा भीषण आँधी: २८ जनाको मृत्यु

निकारागुवा । निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ । आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ ।
अमेरिकाको नेसनल हरिकेन सेन्टर ९एनएचसी० ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी दिएका छन् । होन्डुरसमा बाढीले बगाएकी एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । शनिबार राति निकारागुआ सीमा नजिकै डुंगा पल्टिँदा चार वर्षीय बालकको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एजेन्सी
ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्टा भेरापाजमा पहाडको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको बताएको छ । मेक्सिको नजिकैको हुहेउटेनांगो प्रान्तमा मानिसहरूलाई उद्धार गर्ने एक सिपाहीसहित ९ जनाको मृत्यु भएको छ ।
एल साल्भाडोरमा नदीका सतह बढेका छन् र सर्वसाधारणका लागि ८० आँधीबेहरी आश्रयहरू खोलेर आपतकालीन अवस्था घोषणा गरिएको छ । पूर्वी एल साल्भाडोर सहर ग्वाटाजियागुवामा एउटा घरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया