नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

वारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ ९राजन० विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ।
श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि ग¥यो ।
‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भन्यो ।
तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानिए निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी भएका थिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया