मंगलबार, माघ १३, २०८२

प्लाटिनम क्लबको बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

मेरोन्यूज २०७९ असोज २६ गते १०:१५

काठमाडौं । दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका दुईजनालाई ८ जनाले खुकुरी प्रहार गरेर भागेका थिए । खुकुरी प्रहारमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । उनका अनुसार
खुकुरी प्रहारबाट घाइते भएका नितेश राई र छिरिङ लामाको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले १ जनालाई पक्राउ गरेका हुन् ।

एक महिनाअघि प्लाटिनम क्लबका बाउन्सरसँग आरोपीहरुको झगडा भएको थियो । बाउन्सरले दावा दोर्जे शेर्पालाई कुटेको र ५ तोला बराबरको सुनको सिक्री क्लबमा हराएको उनीहरुले दाबी गरेका थिए । त्यतिबेला प्रहरी वृत दरबारमार्गले दुवै पक्षलाई मिलापत्र गराएर छाडेको थियो ।

प्रतिक्रिया