चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
मेरोन्यूज
२०७९ असोज २६ गते १२:५७

धनुषा । सहिदनगर नगरपालिका–१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा अजोधी गम्भीर घाइते भएका थिए ।
अजोधीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया