शुक्रबार, वैशाख २५, २०८३

उम्मेदवारलाई तीन प्रश्न

काठमाडौं- १० का एमाले उम्मेदवार भन्छन्- जनताले १० वर्ष त्यसै खेर फाले, अहिले परिवर्तन खोजेका छन्

मेरोन्यूज २०७९ असोज २६ गते १४:००

३९ बर्षे, हिमेश केसी नेकपा एमालेबाट काठमाडौं १० का उम्मेदवार हुन् । २०५८ सालबाट एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको किर्तिपुर नगर वडा सदस्यबाट राजनैतिक यात्रा सुरु गरेका थिए । राजनैतिक यात्रा सुरु गर्ने क्रममै उनी जनस्तरमा परिचित हुँदै युवाहरु माझ लोकप्रिय बन्दै गए । आज पनि उनी ‘युवा योद्या’ को रुपमा परिचित छन । राजनैतिक जीवनको यात्राका क्रममा लामो समय युवा संघमा बिताएका उनले युवा संघकै नगर सहसचिव, क्षेत्रीय सदस्य, जिल्ला सदस्य, केन्द्रिय सदस्य, ललितपुर जिल्ला इन्चार्ज, काठमाडौं जिल्ला इन्चार्ज, स्थायी कमिटि सदस्य हुँदै केन्द्रिय सहकोषाध्यक्ष, प्रकाशन बिभाग प्रमुखको जिम्मेवारी सफलता पूर्वक पुरा गरे । त्यसपछि उनी पार्टी राजनीतिमा सक्रिय हुन थालेका थिए । पार्टीकै काठमाडौं जिल्ला सदस्यका रुपमा सक्रिय भई रहदाँ उनलाई एमालेले युवा उमेदवारका रुपमा काठमाडौं क्षेत्र.न. १० बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनाएको छ । केसी पार्टी सहित आफ्ना बिकास एजेन्डा, युवा एजेन्डा र जनताका जल्दोबल्दो समस्यालाई हल गर्ने एजेन्डा बोकेर मत माग्दै जनता माझ पुगिरहेका छन । उनै केसीसँग गरिएको कुराकानी : –

Advertisement
NiccNicc

० एमालेले तपाईलाई काठमाडौ क्षेत्र.न. १० मा प्रतिनिधिसभा सदस्यमा युवा उमेदवार बनाएको छ । तपाईका एजेन्डाहरु चाहि के–के छन ?


मेरो पार्टी नेकपा एमालेले अगाडी बढाएको सुखी नेपाली समृद्ध नेपाल नारासहित राजनीतिक स्थायित्व, राष्ट्रियता र समृद्धि नै मुख्य एजेन्डा हुन । त्यो सँगै मेरो निर्वाचन क्षेत्र भित्रका थ्रुप्रै एजेन्डाहरुलाई अगाडी बढाउने छु । राजधानीको जिल्ला भएर पनि यो क्षेत्र विकासमा पछाडी परेको छ ।

सडक, स्वास्थ्य, शिक्षा, रोजगारीमा अब्बल बनाई सांस्कृति सम्पदाको संरक्षण सहित त्यसको प्रचारप्रसार गरि स्वदेशी सहित बिदेशी पर्यटनको बिकास गर्ने, बिकास निर्माण देखि समाज सुधारका काममा युवा परिचालनमा जोड दिने, दक्षिणकाली, किर्तिपुर, चन्द्रागिरी लगायतका शहरहरुको खानेपानी समस्यालाई दीर्र्घकाल रुपमा अन्त्य गर्ने नै मेरो प्रमुख एजेन्डा रहनेछन । निर्वाचन क्षेत्र भरि रहेका साना ठुला सबै सडकहरुको स्तरोन्नती गरि कालोपत्र गराउने अभियान बिजय हुनासाथ तत्काल सुरु गराउनेछु ।

० तपाईको चुनाव जित्ने आधारहरु के छन त ?


मेरा एजेन्डाहरु नै मेरो चुनाव जित्ने मुख्य आधारहरु हुन् । त्यसका अलावा यस क्षेत्रका जनताले परिर्वतन चाहेका छन । बिगतमा २÷२ पटक नेपाली काँग्रेसका उमेदवारलाई बिजय गराउदाँ समेत उहाँले यहाँका जनताले महसुस गर्ने गरि काम गर्नु भएन । जसका कारण यहाँका जनतालाई १० बर्ष त्यसै खेर फाल्यौ भन्ने परेको छ । यहाँका जनताले परिर्वतन खोजेका छन् त्यो परिर्वतनलाई म पुरा गर्न सक्छु । फेरि म आफै युवा भएकाले यहाँका अधिकांश युवाहरुको रोजाई खोजाईमा म छु । यो नै मेरो जित्ने आधारहरु हुन् ।

० चुनावी अभियानको क्रम कसरी सुरु गरिरहनु भएको छ ?


एमालेको पार्टीपक्ति पुरै चुनाबी अभियान लिएर मेरो क्षेत्रको टोलटोल, गाउँगाउँमा परिचालित भईरहेका छन । म पनि उहाँहरुसँगै घरदैलो देखि भेटघाटमा सक्रिय रुपमा खटिरहेछु । पार्टीले नयाँ र युवालाई अवसर दिएर उमेदवार बनाएकाले मबाट यहाँका जनताले ठुलो अपेक्षा गरेका छन । त्यो अपेक्षा पुरा गर्न म दृढ छु । जनताकै माझमा रहेर चुनावी अभियान सुरु गरेको छु ।

प्रतिक्रिया