प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट
मेरोन्यूज
२०७९ असोज २६ गते १६:२७

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन् । राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन् ।
भेटामा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया