असोज २९ र ३० गते ‘कलिङ साहित्य महोत्सव’ हुँदै, बलिउडका चर्चित कलाकारहरु नेपाल आउने

काठमाडौं । काठमाडौंको होटल हिमालयमा असोज २९ र ३० गते वार्षिक कलिङ साहित्य महोत्सव हुने भएको छ । ‘भारत र नेपालः सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ यो कार्यक्रम साहित्यिक भावनाको सबैभन्दा ठूलो उत्सव हुने हेतुका साथ आयोजना गरिएको हो ।
कार्यक्रममा ७५ प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिनेछन् ।
मालिनी अवस्थीको पनि प्रस्तुति हुनेछ। भारतको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउने अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतीश कुमार, दिप्ती गोपालनान, पियुश कुमार, पी.राज शेखर, गीतकार समीर र अन्य कलाप्रेमीको सहभागिता रहनेछ । र साथै विशेष व्यक्तित्वहरूबीच कला, साहित्य र संस्कृतिका विभिन्न विषयहरूमा छलफल हुनेछ।
तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरुङ, दिनेश अधिकारी, प्रा.गोपाल भण्डारी, वसन्त चौधरी, प्रा।डा। वासुदेव त्रिपाठी, आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ, महेश विक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमार, डा ज्ञानु पाण्डे, डा। कुमारी लामा, डा।सावित्री मल्ल, सगुना शाह, डा।शान्तिमाया गिरी, डा।रजनी ढकाल, डा।ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा।गीता त्रिपाठी, स्नेह सायमी, राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाघरे, जय छाँचा, प्रभा बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारुङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेममर्षी, अर्पण थापा, सुरक्षा पन्त, गोपाल आशक, उमा सुवेदी लगायतको पनि सहभागिता रहनेछ ।
यस महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन र कला, संस्कृति र साहित्यको प्रवद्र्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएका छौं ।
यशस्वि प्रज्ञा फाउन्डेसन, हिमालयन डेरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभल काठमाडौं संस्करणको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । सूर्य नेपाल महोत्सवको साझेदार रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) कलिङ्गा साहित्य महोत्सवको मुख्य प्रायोजक रहेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया