निर्वाचन आयोगको आचारसंहिता पालना गराउन सुरक्षा निकायलाई निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बुधबारबार सिंहदरवारस्थित गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा मुख्यगरी केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्याएको क्षति र आगामी मंसिर चार गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको छ ।
उनले हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पुर्याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए । त्यसको टोलीको समन्य गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेबारी दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यस्तै गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याएर समाधान गरेर अगाडि बढ्ने रणनीतिसाथ अगाडि बढ्न सुरक्षा निकायलाई निर्देशन दिए ।
सरकारले तत्कालका लागि उपलब्ध गराउनु पर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालिन समाधानका लागि टोलीको रिपोट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बताए । बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पुर्याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो ।
त्यस्तै बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा निर्वाचनका चुनौतिबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखहरूले आग्रह गरेका थिए ।
कहाँ कहा के सुरक्षा चुनौती छन् र ती चुनैतिलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्टी गर्ने प्रस्ता बैठकमा गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।
मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहतिको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ । त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन् ।
गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् ।
















माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया