युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

किभ । युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् । ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुु भयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ । अवश्य पनि एउटा गिर्दो बाह्य माग हो । एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन् ।
तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ । त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’, आईएमएफको एसिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने । युुद्धपछि खाद्यान्न तथा सामग्रीको मुुल्यमा वृद्धि भएको उनको भनाई छ । श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को विषय हो ।एजेन्सी











राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया